
काठमाडौं बैशाख २४ । बाग्लुङको निसीखोला गाउँपालिकामा खोलामा डुबेर एक बालिकाको ज्यान गएको छ । निसीखोला गाउँपालिका-६ भल्कोट बस्ने चक्रबहादुर बुढाकी पाँच वर्षीया छोरी सारीकाको खोलामा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी मदन केसीले बताउनु भयो । घरभन्दा दुई सय मिटर तल रहेको निसीखोलामा पौडी खेल्ने क्रममा डुबेर घाइते भएकी बालिकाको बुर्तिवाङ प्राथमिक स्वास्थ्य चौकीमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
