
पोल्ट्री व्यवसायी शंकर कँडेलको आत्महत्या प्रकरणमा जोडिएका अर्का व्यवसायी प्रदीप रुङ्गटालाई पक्राउ नगरिएको भन्दै शंकर कँडेलको आफन्तद्धारा चितवन बन्दको आब्हान गरिएको छ । चितवन बन्द भएपछी पूर्वपश्चिम राजमार्ग चल्ने साना तथा ठुला गाडीहरु रोकिदा त्यसमा सवार यत्रुहरु अलपत्र परेका छन् । आज विहानैदेखि राजमार्गमा सवारी साधान सञ्चालनमा रोक लगाईएको थियो । बन्दका कारण सवारी साधनको लामो जाम परेको छ ।

चितवनमा नेपाली काग्रेसका नेता समेत रहेका पोल्ट्री व्यवसायी शंकर कँडेलले अनमोल फिड्सको आफ्नै कार्यालयमा गत मंगलबार साँझ झुण्डिएर आत्महत्या गरेका थिए । उनले आत्महत्या गर्नु अघि सुसाइड नोटलेखेर फिड्सका ८५ प्रतिशत सेयर भएका प्रदीप रुङ्गटा र कम्पनीका चार्टड एकाउन्टेन्ट जीवन रावलकै कारणले आत्महत्या गरेको उल्लेख गरेका थिए । परिवारले दुवै जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दामा किटानी जाहेरी दिएका छन् । उनीहरु विरुद्ध पक्राउ पूर्जीसमेत जारी गरिएको छ । जीवन रावल सिमराबाट बिहीबार राति नै पक्राउ परिसकेका छन् भने प्रदीप अझै फरार रहेका छन् । परिवारले फरार भनिएका प्रदिपलाई अझै सम्म पक्राउ नगरिएको भन्दै बन्दको आब्हान गरेको हो ।