सिमा नाकामा सशस्त्र प्रहरीका सईमाथी खुकुरी प्रहार

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका ७ स्थित कञ्चनभोजस्थित बोर्डर आउट पोस्ट (बीओपी) का प्रमुख सई नरेन्द्र चैंसिरमाथी खुकुरी प्रहार भएको छ ।
ड्युटीमा खटिएका सशस्त्र प्रहरीलाई शुक्रबार राति खुकुरी प्रहार गरिएको हो । ड्युटीका क्रममा पोस्टनजिकै राति साढे १० बजे ४/५ जनाको अज्ञात समूहले सई चैंसिरलाई खुकुरीले हानेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारबाट सई चैंसिरको बायाँ पाखुरामा चोट लागेको र आक्रमणकारीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।