वीरेन्द्रनगर नयाँ बसपार्क बाट लागू औषध सहित एक जना पक्राऊ

सुर्खेतको वीरेन्द्रनगर बाट लागु औषध सहित एकजना पक्राउ परेका छन् ।

वीरेन्द्रनगर नगरपालिका- ६ नयाँ बसपार्कबाट लागुऔषध सहित एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा दाङको तुल्सिपुर उप- महानगरपालिका- ७ का १८ बर्ष का राजु रावत रहेका छन् ।

शंकास्पद तरिकाले हिडिरहेको अबस्थामा शंका लागेपछी बसपार्कमा खटिएको प्रहरी टोलिले चेक जाँच गर्ने क्रममा जुत्ता भित्र मेघाश्रीको खोल्सो भित्र लुकाई राखेको ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ८ पुडिया शुद्व नापतौल गर्दा २१० मिलि ग्रा.म.फेला पारेकाे कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।