५ दिने निशुल्क योग शिविर सञ्चालन गर्दै गुर्भाकोट नगरपालिका

वैशाख २१, सुर्खेत | सुर्खेतको गुर्भाकोट नगरपालिका ले ५ दिने निशुल्क योग शिविर सञ्चालन गर्ने भएको छ । गुर्भाकोट नगरपालिकाको आयोजनामा सूर्य ज्योति माध्यामिक विद्यालय मेहेलकुना मा ४ दिने योग शिविर कार्यक्रम हुने भएको हो ।

शिविर भोलि शुक्रबार देखि आगामी ५ दिन सम्म चल्ने छ । शिविरमा इच्छुक जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी, सर्वसाधारण सबै सहभागी हुन् पाउने छन् ।शिविर बिहान ४:३० देखि विहान ७ बजेसम्म हुने छ ।