वीरेन्द्रनगरका भुमिहिन सुकुम्बासीलाई तत्काल लालपुर्जा दिन माग

जिल्लाको वीरेन्द्रनगर नगरपालिकालाई नगरभित्रका भुमिहिन सुकुम्बासीलाई तत्काल लालपुर्जा उपलब्ध गराउन माग गरिएको छ। बिहीबार जिल्ला खाद्य अधिकार सञ्जाल सुर्खेत र विभिन्न संघ संस्था र नागरिक समाजले नगरपालिकालाई अनुरोध गरेको हो ।

नगरप्रमुख मोहनमाया ढकाललाई ज्ञापन पत्र दिँदै नगर भित्र भुमिहिन, सुकुम्बासी र अव्यवस्थित समुदायलाई व्यवस्थित गरि लालपुर्जा उपलब्ध गराउनुपर्ने मागसहितको ज्ञापनपत्र बुझाएका हुन्।

साथै उक्त ज्ञापन पत्रमा भुमिहिन, सुकुम्बासी र अव्यवस्थित समुदायलाई व्यवस्थित गरि लालपुर्जा उपलब्ध गराउँनुपर्ने, भोगचलन गर्दै आएका भूमीमा भुमिहिन, सुकुम्बासी र अव्यवस्थित समुदायको स्वामित्वहोस् र राष्ट्रिय भुमि आयोगद्धारा व्यवस्था गरेका मापदण्ड अनुसार कार्यान्वयन गरि लालपुर्जा पाउने प्रक्रिया अगाडी बढाई छिटो भन्दा छिटो सम्पन्न गर्नुपर्ने माग उल्लेख गरिएका छन्।