
काठमाडौं,बैशाख २१ । काठमाडौं महानगररपालिकाले कार्यालय समयमा जुवा खेल्ने तीन नगर प्रहरीलाई निलम्बन गर्ने भएको छ।
नगर प्रहरी निरीक्षक निरकुमार बस्नेत, हवल्दार प्रयास घिमिरे र जवान रुपेश बानियाँ निलम्बन हुने भएका छन ।
निलम्बनमा परेका हवल्दार प्रयास घिमिरे उपमेयर सुनिता डंगोलका पूर्व पिएसओ हुन्।
’बुधबार दिउँसो टेकुस्थित नगर प्रहरी बल कार्यालयमा तीन जना नगर प्रहरी तास खेलिरहेको अवस्थामा पाइएको थियो,’ उनले भने, ’प्रहरी पोसाकमा तास खेलिरहेको तस्बिर सार्वजनिक भएपछि उनीहरूलाई निलम्बन प्रक्रिया अगाडि बढाइएको हो।
