सन्दीपलाई तीन दिन हिरासतमा राख्न अनुमति

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा तीन दिन हिरासतमा राखेर उनीमाथी अनुसन्धान गर्न अदालतले अनुमत दिएको छ।

नेपालीहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझीको खोजी गरिरहेको प्रहरीले उनका छोरा सन्दीपलाई जिल्ला अदालत काठमाडौंमा पेश गरेको हाे ।

रायमाझीलाई विहीबार बिहान काठमाडौं ल्याएर प्रहरीले जील्ला अदालतमा उपस्थति गराएका हुन ।
उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमत पाएको जील्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जाकारी दिए ।
अब उनलाई काठमाडौं प्रहरी परसिरको हिरासतमा राखेर अनुसन्धान गरिने रिजालले बताए।
रायमाझीवरिूद्ध बुधबार पक्राउ पुर्जी जारी भएको हाे ।
सोही दनि बुटवलबाट पक्राउ परेका सन्दीप रायमाझी लाई बुद्ध एयरको जहाजमार्फत विहीबार काठमाडौं ल्याइएको थियाे।