
बैशाख २० , तनहु । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर-५ आँधीखोलानजिक बुधबार ट्रकको ठक्करबाट एक बालकसहित तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तनहु जिल्लाको बन्दीपुर-१ बस्ने १२ वर्षीय आयुस भुजेल, सोही स्थानका ५० वर्षीय चेतबहादुर घर्ती र ६९ वर्षीय सनबहादुर भुजेल रहेका प्रहरीले जनाएको छ । तनहु जिल्लाको डुम्रेबाट मुग्लिनतर्फ जाँदै गरेको ना४ख १९७३ नम्बरको ट्रक अनियन्त्रित भई सडक छेउमा रहेको सुनमाया भुजेलको घरमा ठोक्किँएको थियो ।

ट्रकको ठक्करबाट घाइते भएका बन्दीपुर-१ बस्ने वर्ष ६ की आयुसा भुजेल, वर्ष १० की जस्मिन भुजेल, वर्ष १० का ईश्वर भुजेल, वर्ष ८ का समिर भुजेल र वर्ष ५ का सन्तोष भुजेलकोे पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । दुर्घटनाको विषयलाई लिएर बन्द रहेको पृथ्वीराजमार्ग सडक दिउँसोदेखि सञ्चालनमा आएको तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो ।