हिमपहिरोमा परी हराएका ५ जनामध्ये ३ को शव फेला

दार्चुला । दार्चुलामा हिमपहिरोमा परी हराएका ५ जना मध्ये ३ जनाकाे शव फेला परेको छ भने, २ जना अझै बेपत्ता छन् ।

दार्चुलाको व्यास गाउँपालिका–१ मा हिमपहिरोमा परी हराएका ३ जनामध्ये २ महिला र १ पुरुषको शव परेको हो।मंगलबारदेखि हिमपहिरोमा हराइरहेकामध्ये ३ जनाको शव बुधबार विहान भेटिएको छाङरुका सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टले बताए का छन्।

हिमपहिरोमा बेपत्ता रहेका यार्सा संकलकमध्ये ७ जनाको सशस्त्र प्रहरीले उद्धार गरेको थियो, भने ५ जना बेपत्ता भएका थिए। ५ जना मध्य ३जनाको शव बुधबार विहान भेटिएको हो, भने बाँकी २ जना अझै बेपत्ता छन् ।