सिम्ता गाउँ पालिका बाट कुनैपनि बिल नभएको अवैध सामान बरामद

सुर्खेतको सुर्खेत सिम्ता गाँउपालिका वडा नं.६ राकम स्थित प्रहरी चेक पोष्टमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको ४ जनाको प्रहरी टोलीले नेपालगंज देखी जाजरकोट तर्फ जाँदै गरेको भे १ख ४०३५ नम्बरको को एस एम एल गाडी लाई चेक जाँच गर्ने क्रममा कुनै पनि बिल नभएको सामानहरु बरामद गरिएको हो ।

अन्दाजी रु २०,९०० को पाल्की चामल ११ बोरा,१७,०१० को स्टार चामल ९ बोरा,१७,५०० को चिनी २५० के.जी, १,८०० को ड्यु र फेन्टा १२ बोतल,१५,०८० को सुपर पावर सुर्ती ११६ पोका ,१००० को पापड १ बोरा ( २० के.जी.) गरि करिब -७३,२९० ( त्रिहत्तर हजार दुई सय नब्बे मात्र ) बराबरको सामान बरामद गरिएको हो । बरामद गरिएको उक्त समान ईलाका प्रहरी कार्यालय बादेपिपल सुर्खेतको नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाईएको र उक्त सामानहरु भन्सार कार्यालय नेपालगंज बाँके तर्फ पठाईएको बताईएको छ। र उक्त गाडीलाई गन्तव्य तर्फ पठाईएको बताईएको छ ।