
कालिकोट -बैशाख १५ । बिगतमा जिल्ला शिक्षा विकास तथा समन्वय ईकाईले हेर्दै आएकाे जिल्ला स्तरीय परीक्षा तथा कक्षा ८ काे परिक्षालाई २०७५ सालमा सम्बन्धित पालिका भित्र का बिद्यालयकाे परीक्षा बिद्यालय रहेकाे पालिकाकाे शिक्षा शाखाले नै लिने भनी कार्यबिधिमा ताेकिएकाे छ । त्यहि अनुरुप जिल्लाकाे महाबै गाउँपालिकामा पनि शैक्षिक सत्र २०७९ सालकाे बार्षिक परीक्षा शिक्षा, युवा तथा खेलकुद शाखाले महावै गाउँपालिकाकाे शैक्षिक क्षेत्रमा उन्नति र शैक्षिक क्षेत्रमा केही परिवर्तन ल्याउनका लागि आधारभूत तह बाटै नै सुधार गर्ने हेतु ले कक्षा ८ मा पनि परिक्षा केन्द्र हरु काएम गरि (परीक्षा केन्द्रहरु परिवर्तन गरि) परिक्षा समापन गरेकाे थियाे ।


महावै गाँउपालिका स्तरीय आधारभूत तहकाे परिक्षा अथवा कक्षा ८ को परिक्षा मा तिला नमुना माध्यामिक बिधालय कि छात्रा बिनिता कुमारी मल्ल पालिकाकै उत्कृष्ट बनेकी छन । महाँबै पालिका मा पछिल्लो समय खस्कदै गएकाे शैक्षिक स्तर लाई माथी उकास्न (शैक्षिक स्तरकाे वृद्धि ) महाँबै गाउँपालिका सरकार प्रमुख , खेम बहादुर सिंह ले आफै अनुगमन गरेर परीक्षा केन्द्र परिवर्तनको सुरुवात गरि परीक्षा लिएकाे बताएका छन् ।

महाँबै गाउँपालिका कै उत्कृष्ट बनेकी बिनिता लाई बैशाख १५ गते एक कार्यक्रम का माझ बिधालय परिवार र महाँबै गाउँपालिका ले सम्मान गरेको शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख मदन बहादुर शाहीले बताएका छन् । बिनिता पढाईमा लगनशील, अनुशासित र मेहेनती भएको र भविस्य मा राम्रो स्थान ओगटन सक्ने क्षमता भएकाे कुरा तिला नमुना माध्यमिक बिद्यालयका प्रधानाध्यापक दिनेश शाही ले जानकारी दिनु भयो
