लागूऔषध सहित गुर्भाकोटमा १ जना प्रहरी नियन्त्रणमा

पुर्बी सुर्खेतको गुर्भाकोट नगरपालिका-८ मेहलकुना बाट लागूऔषध सहित एक जनालाई प्रहरीले पकाउ गरेको छ । नगरपालिकाको वडा नम्बर ८ संचालन भईरहेको बर्ष ३४ को चित्र बहादुर घर्तिको तरकारी पसलमा ईलाका प्रहरी कार्यालय छिन्चु बाट खटिएको प्रहरी टोलिले चेकजाँच गरेको थियो ।

चेकजाच गर्दा रातो प्लाष्टिकमा लुकाई छिपाई राखेको ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ ११ पुरिया सहित निज चित्र बहादुर घर्तिलाई नियन्त्रणमा लिई प्रहरी चौकी मेहलकुनामा राखिएको प्रहरी चौकी मेहेलकुनाले जानकारी दिएको छ। उक्त लागूपदार्थ नापतौल गर्दा शुद्ध ०.०४६० ग्राम रहेको बताईएको छ।