काठमाडौंको चोभार गेटमा भिषण आगलागी


काठमाडौं, बैशाख १५ । काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नम्बर ६ स्थित चोभार गेटमा भिषण आगलागी भएको छ । आज मध्यान्हदेखि आगलागी भएको त्यहाँका स्थानियले बताइएका छन् । आगो निभाउन काठमाडौं महानगरपालिकाको जुद्ध बारुणयन्त्र घटनास्थल पुगेको थियो । त्यस्तै, सशस्त्र प्रहरी बल, नेपाल १८ नम्बर गणबाट सशस्त्र प्रहरी निरीक्षक सञ्जु खत्रीको कमाण्डमा ३१ जनाको टोली आगलागी नियन्त्रण कार्यमा खटिएको उहाँले बताउनुभएको छ । प्रहरी वृत कीर्तिपुरका प्रहरी सहायक निरीक्षकको कमाण्डमा पाँच जना सहित स्थानियको सहयोगमा आगो निभाईएको छ । क्षतीको पुणर् विवरवण भने अहिलेसम्म आईसकेको छैन् ।