अखिल क्रान्तीकारीकी अध्यक्ष पञ्चा सिंह सवारी दुर्घटनामा घाइते


काठमाडौं, वैशाख १५ । अखिल क्रान्तीकारीकी अध्यक्ष पञ्चा सिंह सवारी दुर्घटनामा परेर घाइते हुनुभएको छ । शुक्रबार बिहान करिब साढे १० बजेतिर महादेवस्थानबाट एयरपोर्ट जादै गर्दा आफूले चलाएको स्कुटरलाई अर्को स्कुटरले ठक्कर दिएको थियो । उहाँको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको परिवार स्रोतले जानकारी दिएको छ । अध्यक्ष सिंहका श्रीमान केशव शाहीले भन्नुभयो, “बिहान एयरपोर्ट जाने क्रममा अर्को स्कुटरले ठक्कर दिएर दुर्घटनामा पर्दा उनको टाउको बज्जारिएकोले टाउको दुखिरहेको छ ।” अहिले उहाँको स्वास्थ्य परीक्षण भइरहेको शाहीको भनाइ छ ।