१४ वर्षिया अपाङ्ग बालिकालाई बलात्कार गरेको आरोपमा बैतडीका ७० वर्षीय बृद्ध पक्राउ

वैशाख १५, बैतडी । अपाङ्गता भएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ७० वर्षीय बृद्ध पक्राउ परेका छन् । बैतडीमा जिल्लाको पाटन नगरपालिकाका एक वृद्धले गत पुषमा अपाङ्गता भएकी बालिकामाथी बलात्कार गरिएको बताइएको छ ।

आरोपित वृद्धलाई मंगलबार पक्राउ गरि अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरिक्षक कमल प्रशाद चौधरीले जानकारी दिए हुन् ।

गत पुषमानै बलात्कार भएको भन्ने उजुरी परेको थियो । उजुरी परेपछि आरोपितलाई पक्राउ गरि अनुसन्धान सुरू गरिएको थियो । आफन्त र पिडित बालिका आफन्त भएका कारण प्रहरीले परिचय गोप्य राखेको छ ।

२ हप्ता अघि २८ बर्ष पहिला बलात्कार बाट जन्मीएका व्यक्ति युवाले न्यान नपाएको घटना बाहिरिएको थियो । जिल्लाको सिगासका ति युवक अझै न्यायको खोजीमा भौतारिएकाछन् । उनकी आमा माथी २८ बर्ष अघि बलात्कार भएपछी जन्मीएको बिषयमा २७ बर्ष अघि नै मिलापत्र गरिएकोमा मिलापत्र अनुसारको सहमती कार्यन्वयन नभएपछि उनि सञ्चारमाध्ययममा आएका थिए । बर्षौ पहिलाको मिलापत्रमा बलात्कारका अभियुक्तले नै बलात्कार बाट जन्मेका व्यक्तिको पालनपोषणको जिम्मा लिने बताइएकोमा उनले पालनपोषण गरेका थिएनन् ।