घाँस काट्ने क्रममा भीरबाट लडेर गीता सुनाको मृत्यु

वैशाख १५, गुल्मी | घाँस काट्ने क्रममा गुल्मीकी एक महिलाको भीरबाट लढेर मृत्यु भएको छ ।

गुल्मी जिल्लाको सत्यवती गाउँपालिका वडा नं ३ ठूलोलुम्पके निवासी गीता सुनारको भीरबाट लडेर मृत्यु भएको स्रोतले जनाएको छ ।

कुडादी भन्ने स्थानमा घाँस काट्न गएकी ३५ वर्षीया सुनार भीरबाट करिब एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।