दाङमा बन्चरो प्रहार गरी श्रीमतीले गरिन आफ्नै श्रीमानको हत्या


वैशाख १४, दाङ । दाङमा आफ्नै श्रीमतीको हातबाट रेशम परीयारको हत्या भएको छ । घरायसी विवादका कारण श्रीमतीले बन्चरो प्रहार गर्दा श्रीमानको मृत्यु भएको हो । मृत्यु हुनेमा दाङको बङ्गलाचुली गाउँपालिका-१ स्युजाका ६४ वर्षीय रेशम परियार रहेका छन् ।

बिहीबार बिहान ९ बजे श्रीमती केशरा परियारले घरायसी विवादका कारण श्रीमानको टाउकोमा बन्चरोले प्रहार गर्दा श्रीमानको घटनास्थलमै मृत्यु भएको डीएसपी राजकुमार गौतमले बताए ।

प्रहरीले श्रीमतीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको बताएका छन् ।