पाल्पामा आगलागीका कारण दुई घर पुर्ण रूपमा नष्ट

बैशाख १४पाल्पा । पाल्पा जिल्लाको पश्चिम भेगस्थित रैनादेवी छहरा-४, साउरीखर्चमा आगलागीबाट दुई वटा घर जलेर पूर्ण रूपमा नष्ट भएको छ । बुधबार राति स्थानीय बुद्धिकुमारी विकको घरमा आगलागी हुँदा दुई वटा घर पुर्ण रूपमा नष्ट भएको हो । आगलागीबाट कति क्षति भयो भन्ने विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ । आगलागीबाट घरमा भएका सम्पुर्ण खाद्य, लत्ताकपडा, अन्य धनमाल नष्ट भएको स्थानीय बासिन्दा प्रेम थामीले बताउनुभयो । घर जलेपछि विक परिवार छिमेकीको घरमा विस्थापित भएका छन् । पाल्पा जिल्लामा पछिल्लो समय आगलागीका घटना बढेका छन् । आगलागीबाट कयौँ सामुदायिक तथा अन्य वनमा क्षति पुगेको छ भने घर तथा गोठ जल्ने क्रम समेत बढेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताउनुभयो ।k