चट्याङमा परेर एका बालकको मृत्युु, २ जना घाइते


बैशाख १४, बुधवार । राति अनिसा पानीसँगै परेको चट्याङ लागेर मैवाखोला गाउँपालिका-४ साँघु चित्रेका ११ वर्षीय दोर्ची शेर्पाको मृत्यु भएको हो । चट्याङ लागेर दोर्चीका बुवा दारिञ्जी र आमा मिङ्लाल्हमु सख्त घाइते भएका छन् ।घाइते दुवै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिए ।