
धनगढीस्थित एसपिए क्याम्पसमा पढाउने प्राध्यापक चेतराज भट्टले आफ्नै छात्राहरूलाई पटक/पटक सामाजिक सञ्जालमार्फत् यौन दुर्व्यवहार गरेको आरोप विद्यार्थीले लगाएपछि सो कलेजका प्राध्यापक भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको भन्दै कलेजभित्र घेरेर राखिएका भट्टलाई सोमबार प्रहरीले पक्राउ गरेको थियो।
भट्टले क्याम्पसका कक्षा ११ र १२ मा अध्ययनरत छात्राहरूलाई सामाजिक सञ्जालमार्फत् उत्तेजित म्यासेज पठाउने, यौन सम्पर्कको प्रस्ताव राख्ने लगायतका म्यासेज पठाउने गरेको विद्यार्थीहरूको आरोप छ।
शिक्षकबाटै यस्तो हर्कत हुन थालेको भन्दै कलेजका विद्यार्थी कानूनी कारबाहीको लागि विद्यार्थीहरूले माग गरेका छन्।
विद्यार्थीको आक्रमणमा परेका भट्टलाई प्रहरी उद्धार गरेर नियन्त्रणमा लिएको थियो।
शिक्षक भट्टलाई प्रहरीले पक्राउ गरेर घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए।
सो घटनाबारे क्याम्पसमा जानकारी गराइए पनि सहयोग नपाइएको विद्यार्थीको गुनासो छ।
