कक्षा ९ काे परिक्षा दिएर ८ कक्षामा पुगे खड्ग बहादुर डाँगी

दाङ वैशाख ११ । दाङ बंगलाचुली गाउँपालिका वडा नम्बर ४ का खड्गबहादुर डाँगी मावी भेडाबारी, मुलाबारीबाट २०७५ मा ८ कक्षामा २ दशमलब ३१ जिपिएमा ल्यएर पास भएका थिए। साेही बर्ष उनि रोजगारीका लागि भारत गए ३ बर्ष सम्म भारतमा रोजगार गरेर फर्केका उनले फेरी अध्ययनलाई निरन्तरता दिए । उनि २०७९ मा कक्षा ९ मा भर्ना भए।

‘२०७५ सालमा ८ कक्षा पास गरेको मार्कसिट र सर्टिफिकेटकै आधारमा उनी ९ कक्षामा भर्ना हुनुपर्ने हाे तर उनलाइ ८ कक्षा मै भर्ना गरीएकाे छ । मावि भेडाबारी मुलाबारीमा गत शैक्षिक सत्रमा ९ कक्षामा भर्ना भएका उनलाइ पुन ८ कक्षामै भर्ना गरीएकाे हाे ।

विद्यालयले उनलाई ८ कक्षामा गणित बिषयको नतिजा कमजोर रहेका कारण रजिष्ट्रेशन फारम भर्न गर्न नसकिएको बताएकाे छ । अनिवार्य गणितमा डि प्लस ग्रेड आउनु पर्ने हो, तर उनको इ मात्रै आयो,’ विद्यालयका प्रधानाध्यापक खगराज लम्सालले भने ‘गणित बिषयमा इ आएका कारण उनले एसईईको रजिष्ट्रेशन फारम भर्न नपाउने भए अनि रिजल्ट रोकियो’ ।

तर यसमा विद्यालयको चरम लापरवाही प्रष्ट हुन्छ। उसले ९ कक्षामा विद्यार्थी भर्ना गर्दा यो नियमलाई किन ख्याल गरेन? भन्ने प्रश्न विद्यालय माथी उब्जिएको छ । राष्ट्रिय परिक्षा बोर्डले एसईई रजिष्ट्रेशन फारमका लागि जारी गरेको निर्देशिका यो विद्यालयले अध्ययन नै गरेन । फलतः उनलाई ९ कक्षामा भर्ना गरिदियो, र परिक्षामा सहभागी समेत बनायो ।

‘मैले ति विद्यार्थी माथी व्यक्तिगत रिसिईवी साँधेको हैन,’ प्रधानाध्यापक लम्साल भन्छन् ‘त्यो बेला नियम ख्यालै गरिएन’ । यता विद्यार्थी डाँगीले भने एक बर्ष सम्मको आफ्नो समय खेर गएको भन्दै यसमा बिद्यालयको दोष रहेको बताउँछन् ।

यता विद्यालयको कमजोरीका कारण विद्यार्थीको भविष्य माथि खेलवाड गर्न खोजिएको भन्दै नेपाल विद्यार्थी संघले यो घटना प्रति चासो राखेको छ ।

नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष कुलराज पोख्रेलले यो घटनाको छानवीन गरी विद्यार्थीलाई अध्ययनको सहज वातावरण निर्माणका लागि पहल गर्न गाउँपालकाको शिक्षा शाखालाई आग्रह गरेका छन्।