सुर्खेतमा दोश्रो नमुना कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

वैशाख ११, सुर्खेत । वीरेन्द्रनगर ४ भैरवस्थान सुर्खेतमा रहेको नमुना युवा कलबले दोश्रो नमुना कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ ।

बैशाख ९ गते देखी ११ गते सम्म सञ्चालन भएको प्रतियोगिताकाे उद्घाटन कर्णाली प्रदेश सभा सदस्य यामलाल कंडेलले गरेका थिए भनें उक्त प्रतियाेगितामा कर्णाली प्रदेश, लुम्वीनी प्रदेश र सुदुरपश्चिम प्रदेशका जिल्लाबाट कुल ३४ टिम सहभागी थिए । ३ दिनसम्म सम्पन्न भएको दोश्रो नमुना कप खुल्ला ब्याडमिन्टन प्रतियोगितामा दुर्लभ कुमार गाहामगर र जीवन रास्कोटी प्रथम (सुर्खेत भैरवस्थान आयोजक), निम बहादुर शाही र अम्मर थापा मगर द्धितिय (भेरीगंगा नगरपालिका छिन्चु) तथा योगेश तिवारी र सन्देश गहतराज (सुर्खेत भैरवस्था आयोजक ) एव रोचक राई र हिमाल लामा (हुम्ला ) तृतिय भएकाे क्लवका सचिव रमेश खनालले जानकारी दिए ।

दोश्रो नमुना कप सुल्ला ब्याडमिन्टन प्रतियोगितामा उदयमान खेलाडीको उपाधि सहित नगद रु.५००० वीरेन्द्रनगर ४ भैरवस्थानका योगेश तिवारीले प्राप्त गरेका छन । प्रथम पुरस्कार रु.४०,०००, द्धितिय पुरस्कार रु.३०,००० र तृतिय पुरस्कार १०/१० हजार प्रदान गरीएको छ । साथै बिजेता खेलाडीले ट्रफि मेडल तथा प्रमाणपत्र समेत प्रदान गरिएको छ । कार्यक्रमलाई सम्पन्न गर्न बिभिन्न २५ वटा संघ संस्था तथा निकायले सहयोग गरेका थिए । कार्यक्रको समापन समाराेहका प्रमुख अतिथि वीरेन्द्रनगर ४ वडा अध्यक्ष शेर बहादुर केसी गरेका थिए ।