श्रीमतीको हत्या गरेर भाक्दै गरेका दाङका एक जना पक्राउ

वैशाख १०, दाङ । श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छ्न् । वैशाख ६ श्रीमतीको हत्या गरी घर शव गाडेर फरार रहेका घोराही उपमहानगरपालिका वडा नं. १२ का मेघराज केसीलाई प्रहरीले पक्राउ गरेको हो । केसीलाई जिल्ला प्रहरी टोलीले ८ गते राती पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

४१ वर्षीय शारदाकुमारी केसीको हत्या गरी घर अगाडी रछ्यानमा शव गाडेर जंगलको बाटो भाग्दै गरेका केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख वीरबहादुर वलीले पत्रकार सम्मेलन मार्फत जानकारी दिए । जंगलको बाटो हुँदै भारत जाने तयारीमा रहेका केसीलाई विशेष सूचना र संयन्त्र प्रयोग गरी पक्राउ गरिएको उनले जानकारी दिए । मृतक केसीको शव स्थानीयहरु गाडेको अवस्थामा आधा खुुट्टा र कपडा देखेृपछि प्रहरीलाई खबर गरेका थिए ।