चितवनका प्रजिअ र रवि लामिछानेविरुद्ध कांग्रेसकाे उजुरी

वैशाख १०,चितवन । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी र प्रमुख जिल्ला अधिकारीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै नेपाली कांग्रेसले उजुरी गरेको छ ।

कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठका तर्फबाट ध्रुव पोखरेलले चितवनका प्रजिअ र रास्वपाका उम्मेदवार रवि लामिछानेविरुद्ध उजुरी दिएका हुन् । कांग्रेसले उजुरीमा निर्वाचन प्रक्रिया सुरु भएपछि लामिछानेले सामाजिक सञ्जाल र अनलाइन मिडियाबाट मत मागेको, विभिन्न मतदान केन्द्रमा गएर लामिछानेले हुल हुज्जत गरेको आरोप लगाएकाे छ । त्यसैगरी, प्रजिअको निर्देशनमा एकपक्षीय रुपमा लाठी चार्ज गरेर भयभीत बनाएको, नयाँ किरण मावि भोजाडस्थित मतदानस्थलमा असहज स्थिति बनाएको उजुरीमा उल्लेख छ ।