सवारी दुर्घटनामा वडाध्यक्षको मृत्यु

वैशाख १०, काठमाडौ । कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको मृत्यु भएको छ । सवारी दुर्घटनामा परेका अधिकारीको उपचारको क्रममा मृत्यु भएको हो ।

कीर्तिपुरको चम्पादेवी मन्दिरमा वैशाख १ गते अधिकारी दुर्घटनामा परेक थिए । बिहान पौने १० बजेतिर कीर्तिपुर-४ पुष्पलाल पार्कस्थित ओरालोमा बा ८३ प ९४४८ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो ।

पुष्पलाल पार्कस्थित ओरालोमा पुग्दा मोटरसाइकलको ब्रेक नलागेका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। स्थानीयले उनीहरू दुबै जनालाई अचेत अवस्थामा फेला पारेका थिए। कीर्तिपुर अस्पतालमा सिटीस्क्यान गरेलगत्तै उनलाई अन्नपूर्ण अस्पताल लगिएको थियो।

अधिकारी गत वर्ष भएको चुनावमा स्वतन्त्र उम्मेदवार बनेर वडाध्यक्ष निर्वाचित भएका थिए।