
वैशाख १०, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा हुने अधिकांश राजनीतिक कार्यक्रम वडा नं.६ स्थित पीपलचौतारामा आयोजना हुन्छन् । तर पिपल चौताराको उचित संरक्षण हुन सकेको छैन् । ८१ स्थानीय अगुवा पूणर्जंग शर्मा हरेक दिन कम्तीमा २ घण्टा पीपलचौतारामा पुग्छन् र आफ्ना दौतरीहरूसँगै पुराना सम्झनाहरू साटासाट गर्छन् । अहिले पनि उनीजस्तै करिब २ दर्जन ज्येष्ठ नागरिकहरूको चिया खाने र राजनीतिक गफगाफको थलो बनेको छ पीपलचौतारा । ‘यस्ता पाटीपौवा र चौतारासँग हाम्रा स्मृतिहरू पनि जोडिएका छन्, स्वास्थ्य, बजारको सुन्दरता र इतिहास जोडिएकाले पनि चौताराहरू हाम्रा सम्पत्ति हुन्,’ उनले भने, ‘स्थानीय सरकारले पार्क निर्माणमा करोडौं खर्च गरे, तर चौतारा संरक्षणमा ध्यान दिएनन् ।’ २३ सालमा बयलकाँडाबाट झरेका उनका अनुसार उक्त चौतारी २०२७ सालतिर रोपिएको हो । अहिले बन्ने विभिन्न पार्कहरूभन्दा चौताराहरू स्वास्थ्य र सहरी सुन्दरताको हिसाबले धेरै माथि रहेको उनको भनाइ छ ।

कर्णालीका दुर्गम गाउँहरूमा पनि अहिले वरपीपलका चौताराहरू भेट्न मुस्किल छ । सडक, सार्वजनिक भवन, विद्युत्लगायत पूर्वाधार विकासका क्रममा पुराना वरपीपलका रूख तथा चौतारा नासिँदै गएका छन् । धार्मिक आस्थासँग जोडिएको वरपीपलको प्राकृतिक र वैज्ञानिक दुवै दृष्टिकोणले महत्त्वपूणर्ण भूमिका रहेको स्थानीय लोकजंग शाही बताउँछन् । ‘वीरेन्द्रनगरमा भएका वरपीपल रोप्नेमध्ये धेरैजसो मानिस दिवंगत भइसक्नुभएको छ,’ उनले भने, ‘बजारलाई स्वच्छ बनाउने यिनै वरपीपल हुन्, धेरै बूढा भइसकेका छन्, त्यसैले विकल्पमा नयाँ बिरुवा रोप्न जरुरी छ ।’ धार्मिक हिसाबले पीपललाई विष्णुको प्रतीकका रूपमा पूजा गरिने उनले जानकारी दिए ।

कृषि तथा वन विश्वविद्यालयका उपप्राध्यापक चिरञ्जिवी शर्माले वैज्ञानिक हिसाबले पनि वर र पीपलको ठूलो महत्त्व रहेको बताए । उनका अनुसार वर र पीपलले अक्सिजन फाल्ने गर्छ । ‘अक्सिजनको आपूर्ति गर्नमा यी दुई रूखको ठूलो महत्त्व छ,’ उनले भने, ‘पीपल एकमात्र यस्तो वृक्ष हो जो जसले २४ सैं घण्टा अक्सिजन छोड्छ ।’ त्यसैले पीपलको नजिक जाँदा शरीरमा सकारात्मक ऊर्जा प्राप्त हुने र शरीर स्वस्थ रहने उनको भनाइ छ । आयुर्वेद चिकित्सक डा. भक्तबहादुर केसी पीपलको रसबाट झन्डै ८० किसिमका रोगका औषधिहरू बन्ने बताउँछन् । उनका अनुसार कुनै विषालु जीवले टोकेमा पीपलको पातको रस अमृतसरह मानिन्छ । उनले पीपलको जरा, बोक्रा र पात सबैबाट औषधि बनाइने सुनाए ।

स्थानीय तहहरूले अहिले पार्क निर्माणलाई प्राथमिकता दिँदा पनि चौताराहरूको अस्तित्व संकटमा परेको वीरेन्द्रनगरका ७९ वर्षीय नन्दराम थानी बताउँछन् । ‘स्थानीय सरकारले चौताराहरूको संरक्षण त गरेनन् नै आधुनिकताको नाममा पार्क निर्माणमा करोडौं खर्चिए,’ उनले भने, ‘जसका कारण भएका वरपीपलका रूखहरू पनि सडक निर्माणका क्रममा मासिएका छन् । त्यसो त वीरेन्द्रनगर नगरपालिकाले मात्रै ५ वर्षको अवधिमा पार्क निर्माणका नाममा झन्डै ७ करोड रुपैयाँ खर्च गरेको छ । यो वर्ष वीरेन्द्रनगरमा मात्रै १२ वटा पार्कमा रकम विनियोजन गरिएको छ । नगरपालिकाले बाल उद्यान, सहिद, भानु, भानुभक्त र बुलबुले उद्यान पार्कमा बर्सेनि रकम विनियोजन गरिरहेको छ ।

त्यस्तै, गडी, मुस्कान, गुराँस, संगम, चौगान, सिटी पार्क र गुरुङचोक पार्क निर्माणाधीन अवस्थामा छन् । यो वर्ष प्रदेश, संघ र नगरको झन्डै ३ करोड रुपैयाँको लागतमा लागतमा पार्कहरू बन्न लागेको नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत नरहरि तिवारीले बताए । उनले चौतारो संरक्षणमा पनि बजेट छुट्याइरहेको दाबी गरे । रुकुम पश्चिमको मुसीकोट नगरपालिकाले झन् मुसीकोट दरबार पार्कमा मात्रै झन्डै १ करोड रुपैयाँ खर्च गरेको छ । तर अहिले त्यहाँ जाने पर्यटकको संख्या शून्य छ । चौतारोसँगै अहिले ग्रामीण भेगमा पनि गोरेटाहरू हराउँदै गएका छन् । कालीकोटको खाँडाचक्र-११ रेगिंलका ६८ वर्षीय पदमबहादुर शाही अहिले घरपारिको कणर्ाली करिडोर झरेर गाडीमा जिते हुँदै मान्म पुग्छन् । उनी पहिले एक घण्टामा पुगिने पैदलबाटोको सट्टा गाडीमै २ घण्टाको घुमाउरो बाटो हुँदै सदरमुकाम पुग्ने गरेका हुन् । ‘गाडी देखेपछि जति ढिलो भए पनि हिँड्न त मनै लाग्दैन,’ उनले भने, ‘पुराना बाटा हराए ।’ कणर्ाली नदीको झोलुंगे पुल तरेर कणर्ाली नदीको तिरैतिर कैलालीको कटासे र चिसापानी बजारसम्म पुग्ने कुनै समयको व्यस्त पैदलमार्ग हो- रेगिंल । त्यहीबाट घिउ बेच्न, नुन र लत्ताकपडा किनमेल गर्न मान्म, ताडी, दाहा, पिली, जुम्ला र मुगुसम्मका बासिन्दा भेडा घोडासहित यहीको बाटो हिँड्थे ।

दूरदराजमा सडक पुगेपछि परम्परागत बाटो हराउन थालेको मुसीकोट नगरपालिका-५ का ९३ वर्षीय सत्तसिंह बुढाले बताए । सडकले मानिसलाई अल्छी बनाएको उनको भनाइ छ । ‘हिँड्नु स्वास्थ्यका लागि पनि महत्त्वपूणर् छ, तर अब त गाडी आए, मानिस गोरेटोमा हिँड्नै छाडे,’ उनले भने, ‘नयाँ विकासले पुराना संरचना लोप भए ।’ उनले २० को दशकअघिसम्म गोरेटोमै हिँडेर नेपालगन्ज हुँदै भारतीय बजार रुपैडिहा पुगेर १५ दिनको बाटोमा सामल ओसारे । अहिले कर्णाली प्रदेशभरि ७ हजार ५ सय ६१ किलोमिटर सडक छ । जसमध्ये ५ हजार ३ सय ४७ किलोमिटर अन्तरजिल्ला र २ हजार २ सय १४ किलोमिटर सडक ग्रामीण सडकसँग जोडिएका छन।