देशभर र्चचा र निकै चासोको रुपमा हेरिएको चितवनमा मतदान सुरु

काठमाडौं । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा मतदान सुरु भएको छ। सबै केन्द्रमा शान्तिपुर्ण मतदान भइरहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी ईश्वर आचार्यकाअनुसार यस क्षेत्रमा ४३ मतदानस्थल र १३८ केन्द्र छन् । ६९० कर्मचारी निर्वाचनमा खटिएका छन् । यस क्षेत्रमा एक लाख २४ हजार ६९५ मतदाता रहेका रहेको उनले बताए । तीमध्ये ६३ हजार २९१ महिला, ६१ हजार ४०३ पुरुष र एक जना तेस्रोलिङ्गी रहेका छन् । निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले आइतबार अत्यावश्यकबाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाएको छ । मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने निर्वाचित भएका थिए । नागरिकता विवादका कारण लामिछानेको सांसद पद खारेज भएपछि यहाँ उपनिर्वाचन गरिएको हो ।

त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ र नेकपा एमालेका रामप्रसाद न्यौपाने उम्मेदवार छन् । अन्य १९ जना उम्मेदवार पनि चुनावी मैदानमा छन् । नेपाल भ्यूजमा समाचार छ ।