आज नेपाल कम्युनिष्ट पार्टीको ७५ औँ स्थापना दिवस मनाईदै


काठमाडौं, वैशाख ८ । नेपाल कम्युनिष्ट पार्टीको ७५औँ स्थापना दिवस आज मनाइँदै छ । २००६ साल वैशाख ९ गते भारतको कोलकातामा पुष्पलाल श्रेष्ठ, निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी श्रेष्ठको पहलमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको थियो । त्यसैले नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको सम्झनामा प्रत्येक बर्ष यो दिवस मनाइन्छ । तत्कालीन नेपाली राष्ट्रिय कांग्रेसमा रहेका पुष्पलालले २००५ चैत २३ गते ‘कम्युनिष्ट घोषणापत्र’ को नेपाली अनुवाद प्रकाशन गरेका थिए ।

पछि राष्ट्रिय कांग्रेसबाट राजीनामा दिई उनले नेपाल कम्युनिष्ट पार्टी २००६ वैशाखमा भारतकै कोलकातामा स्थापना गरेका थिए ।