महिलामाथी आक्रमण गर्ने बाघ प्राविधीक टोलीको नियन्त्रणमा


जङ्गलमा घाँस काट्न गएकी महिलामाथी आक्रमण गर्ने बाघ बर्दिया राष्ट्रिय निकुञ्जबाट खटियको प्राविधीक टोलीले नियन्त्रणमा लिएको छ ।
कञ्चनपुरको बेलौरी नगरपालिका-८ को खप्टिनालामा घाँस काट्ने क्रममा आक्रमण गरेर सोही ठाउँमा बस्ने गंगा चन्दलाई लगेको बाघलाई बर्दीया राष्ट्रिय निकुञ्जबाट आएको प्राविधीक टोलीले शनिबार बिहान नियन्त्रणमा लगिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक डिएसपी प्रकाश डांगीले खप्टिनाला नजिकै झाडीमा बसेको अवस्थामा बाघलाई नियन्त्रणमा लगिएको बताए । बेहोस बनाएर नियन्त्रणमा लगिएको बाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा छाड्ने तयारी रहेको प्रहरीले जनाएको छ ।

बाघको आक्रमणमा परेकी गंगादेवी चन्दको शव पनी बाघ नियन्त्रणमा लगिएको स्थानमै फेला परेको छ । उनको शव परिक्षणका लागि बेलौरी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।