स्कुटी र बस ठोक्किदा एक युवकको मृत्यु


पाल्पा, बैशाख ८ गते । सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ -३, झुम्सापुल नजिकै बस र स्कुटी एकआपसमा ठोक्किदा एक युवकको घटनास्थलमै मृत्यु भएको छ । घटनामा परी बगनासकाली -४, यम्घाका ४३ वर्षीय राजेन्द्र न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ । तानसेनबाट बुटवलतर्फ जाँदैगरेको लु ७७ प १९६ नम्बरको स्कुटी र बुटवलबाट पाल्पातर्फ आइरहेको लु १ ख ४८४७ नम्बरको बस शुक्रबार दिउँसो साढे १ बजेतिर ठोक्किएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

घटनापछि प्रहरीले बस र बस चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको थापाले बताउनुभयो ।