बाँकेका दुई जना साढे ४ किलो सुनसहित पक्राउ

वैशाख ७, बाँके । नेपालगञ्जबाट ४ किलो ९२९ ग्राम सुन सहित दुई जना प्रकाउ परेका छन् । प्रकाउ पर्नेमा विराटनगरका रमेश सोनी र प्रकाश ठाकुर रहेका छन् ।

प्रहरीका अनुसार न्यूरोमा रहेको न्यू इन्द्रेणी होटलबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी सन्तोष सिंह राठौरले जानकारी दिए ।