कालीकोट बैशाख ७ । नरहरीनाथ गाउँपालिका-७ ओखरेनीगाड सिरुपाटामा घर छाउने ढुङ्गाको पत्थर निकाल्ने क्रममा माथिबाट ढुङ्गासहितको पहिरो खसेर सोही ठाउँमा बस्ने ३५ वर्षीय मंगल शाही र ५५ वर्षीय खोटे कुमालको बुधबार दिउँसो मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।