राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लगिदै

वैशाख ६, काठमाडौं । हिजो शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेललाई भारत लैजाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्याइएको छ । अस्पतालबाट उहाँलाई एम्बुलेन्समा विमानस्थल लगिएको बताइएको छ ।
उहाँलाई अबको केही समयमा श्री एयरलाइन्सको चार्टर उडानमा नयाँ दिल्ली लैजाने तयारी भएको विमानस्थल स्रोतले बताएको छ ।
छातीमा संक्रमण र पिसाब पोल्न थालेपछी उहाँ हिजो अस्पतालमा भर्ना हुनुभएको हो । राष्ट्रपतिमा नियुक्त हुनुभएको झण्डै डेढ महिना पुग्नै लाग्दा बिचमा उहाँ अस्वस्थ भएपछि दुई पटक अस्पताल भर्ना हुनुभयो । उहाँ भने नियमित रुपमा चिकित्सकको निगरानीमा हुनुहुन्थ्यो ।