हुम्ला : नेटवर्क आउने प्रतीक्षामा मोबाइल बार्दलीमा झुन्ड्याउनु पर्ने बाध्यता

वैशाख ५ , हुम्ला । हुम्ला जिल्लाको सिमानामा अवस्थित कवाडीका स्थानीय नेटवर्क आउने प्रतीक्षामा मोबाइल बार्दलीमा झुन्ड्याउन बाध्य छन् । जिल्लाको दक्षिण भेगको सिमाना रहेको कवाडीका स्थानीय र सुरक्षाकर्मी घरको भित्तामा मोबाइल झुण्ड्याएर कुरा गर्छ्न् ।

बाजुराको कोल्टीमा ल्यान्डलाइन र एडीएसएलबाट कछुवा गतिमा इन्टरनेट सेवा चलेको छ ।

हुम्ला, मुगु र बाजुराका कतियपय स्थानमा नेपाल टेलिकमको नेटवर्क राम्रोसँग नचल्ने गरेको त्यहाका नागरिकको गुनासो छ । बाजुरा, मुगु र हुम्लाका अधिकांश गाउँपालिकामा नेपाल टेलिकमले टावर राखेको पाइन्छ ।

अधिकांश स्थानमा टावर नटिप्ने समस्या देखिएको छ ।