
सिटी एक्सप्रेस मनी ट्रान्सफरले राष्ट्रिय अपांग कोषलाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोषलाई सहयोग गरेको हो ।२०३९ सालदेखि सञ्चालित राष्ट्रिय अपांग कोषले देशभरि रहेका अपाङ्ग व्यक्तिहरूको अपांगता पुनस्र्थापन गर्नुका साथै चौतर्फी विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगारी र समावेशी सामाजिक कार्य गर्ने जनाइएको छ । यो समाज कल्याण परिषद्द्धारा स्थापित सञ्चालित कोष रहेको कम्पनीले जनाएको छ ।
राष्ट्रिय अपांग कोषले वार्षिक एक हजार पाँच सय अपांगता भएका व्यक्तिहरूका लागि आवश्यक कृत्रिम हातखुट्टा, क्यालिफर, बैसाखी, सेतो छडी, वाकिङ स्टिक, अर्थोपेडिक जुत्ता तथा अन्य आवश्यक सहायक सामग्री उत्पादन एवं वितरण गर्ने गरेको जनाइएको छ ।

त्यस्तै, गुणस्तरीय फिजियो थेरापी, अकुपेसनल र परामर्श सेवा उपलब्ध गराउँदै आएको कम्पनीले उल्लेख गरेको छ । कम्पनीले राष्ट्रिय अपांग कोषसँग सहकार्य गरी वैदेशिक रोजगारीका क्रममा अपांगता भएका व्याक्तीहरुलाई सेवा पुर्याउने उद्देश्यले राष्ट्रिय अपांग कोषलार्ई उक्त रकम सहयोग गरेको जनाएको छ ।
सिटी एक्सप्रेसले संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आएको तथा आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५ हजारभन्दा बढी भुक्तानी केन्द्रहरूमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिनेजस्ता सुविधाहरू प्रदान गर्दै आइरहेको जनाएको छ ।