लामखुट्टे भगाउन यस्ता घरायसी उपाय अपनाउनुस्


गर्मी मौसममा यदि तपाइलाई रातको निद्रामा बाधा पुग्छ भने कारण लामखुट्टे नै हो । हात, खुट्टा र अनुहार टोकेर यसले हैरान बनाउनुका साथसाथै विभिन्न रोगहरु पनि निम्त्याउँछ । तिनीहरुलाई मारेर धपाउनका लागि कुण्डल बाल्नमा रात बित्छ । जसका कारण दिनभर आँखामा थकान र निद्रा लाग्ने गर्छ, र काममा नराम्रो असर पार्छ ।तर, अब तपाई यसबाट छुटकारा पाउनुहुनेछ । किनभने यहाँ हामी एउटा यस्तो घरेलु उपाय तपाईलाई बताउनेछौं, जसका कारण लामखुट्टेले तपाईको शरिरमा टोक्न नपाउनुका साथै वरपर पनि आउने छैन ।

लामखुट्टे भगाउन मानिसहरूले कीटनाशक औषधिहरु छर्ने गर्छन । तर, यसलाई दिनहुँ प्रयोग गर्नु स्वास्थ्यका लागि राम्रो होइन । त्यसैले अबदेखि यो घरेलु उपाय सिक्नुहोस् र अर्को पटक लामखुट्टे र झिंगा हटाउन प्रयोग गर्नुहोस्।

  • नीमको सुख्खा पात ।
  • तेज पत्ता
  • लहसुन
  • प्याज
  • ल्वाङ
    -कपूर

सबैभन्दा पहिले सुक्खा नीमको पातलाई राम्ररी कुचल्नुहोस्, त्यसपछि त्यसमा प्याज, लसुनको बोक्रा, ल्वाङ र कपूर मिसाएर ग्राइन्डरमा पिसेर राख्नुहोस्। त्यसपछि यो पाउडरलाई बक्समा राख्नुहोस् ।

कसरी प्रयोग गर्ने

यो धूलो हरेक साँझ माटोको दियोमा राख्नुहोस् र त्यसमा कपूरको टुक्रा राखेर उज्यालो गर्नुहोस् । यसको धुवाँ पुरै घरमा राम्रोसँग फैलिने ठाउँमा राख्नुहोस्, त्यसपछि हेर्नुहोस् कसरी घरबाट लामखुट्टे भाग्छन् । लामखुट्टेलाई यो पाउडर बनाउन प्रयोग गरिने सामग्रीको गन्ध मन पर्दैन, त्यसैले यो घरेलु उपाय तिनीहरूलाई हटाउन धेरै प्रभावकारी छ।