
गर्मी मौसममा बजारमा धेरैजसो खरबुजा देखिन्छन् । मानिसहरुले यसको फाइदा थाहा भएर भन्दा पनि थाहा नभएर धेरै खाने गरेको पाइन्छ । खरबुजा एकप्रकारको स्वादिष्ट र शीतलता प्रदान गर्ने फल हो । यो मानव स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । खरबुजामा भरपुर पानीको मात्रा हुन्छ । यसकारण गर्मीमा यसले प्शस्त शीतलता प्रदान गर्नमा निकै मद्दत पुर्याउँछ।

खरबुजामा प्रोटिन, क्याल्सियम, म्याग्नेसियम, पोटासियम, क्लोरिन, सोडियम तथा सल्फर लगायतका तत्त्वहरूका साथै पर्याप्त मात्रामा फाइवर पनि पाइन्छ । यसमा भएको पर्याप्त फाइबरले कब्जियतको समस्या कम गर्नमा सहयोग गर्छ । दैनिक रूपमा खरबुजा खाँदा यसले उमेर बढ्दै जाँदा आँखाको ज्योति घट्ने जुन समस्या हुन्छ त्यसलाई पनि कम गर्छ । खरबुजामा पाइने बिटा क्यारोटिन तत्त्वले आँखाको ज्योतिलाई घट्नबाट बचाउँछ ।
खरबुजाका फाइदा
- खरबुजामा भिटामिन ‘सी’ प्रचुर मात्रामा पाइने हुँदा यसले एन्टिअक्सिडेन्टका रूपमा काम गर्छ र यसले शरीरका कोषलाई नष्ट हुनबाट पनी बचाउँछ ।
- खरबुजामा भएको भिटामिन ‘सी’ले रोगसँग लड्ने प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ अथवा रोग प्रतिरोधात्मक शक्तिलाई बढाउँछ ।
- गर्मी मौसममा शरीरलाई शीतलता प्रदान गर्छ ।
- खरबुजाको नियमित सेवन गर्दा हृदयाघात, उच्च रक्तचाप र कोलेस्ट्रोल जस्ता रोग बढ्ने जोखिम कम हुन्छ ।
- खरबुजाको सेवनले मिर्गौला स्वस्थ रहन्छ ।
- यसले फोक्सोको क्यान्सर हुने जोखिम कम गर्दछ ।
- नियमित रूपमा खरबुजाको सेवन गर्दा छालामा भएको रुखोपनाको समस्या हराएर जान्छ।
- भिटामिन ‘ए’ ले छालालाई स्वस्थ बनाउन मद्दत गर्छ।
- खरबुजामा पाइने भिटामिन ए र सी ले कपाल स्वास्थ्य र चम्किलो बनाउन मद्दत गर्छ ।
- खरबुजामा भएको पानीको मात्राले र फाइबरले पाचन प्रक्रियामा सहज बनाउछ ।
- दैनिक मात्रामा खरबुजा खाँदा शौचलाई नियमित बनाउँछ ।
- खरबुजाको नियमित सेवनले तौल कम गर्नका फाइदा पुग्छ
- खरबुजामा भएको रसायनले मांसपेशीमा हुने दुखाई कम गर्न निकै मद्दत गर्छ।
- कब्जियतको समस्या कम गर्नमा समेत निकै मद्दत गर्दछ।