
बैशाख ४, सुर्खेत | आगलागी बाट घरबार बिहिन भएका गुर्भाकोट नगरपालिका वडा नम्बर ४ कोपढुङ्गाका आसिराम कामीलाई नया घर हस्तान्तरण गरिएको छ । गुर्भाकोट नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष राम बहादुर डाँगीको करिब २ महिनाको पहलमा नया घर निर्माण गरि आज पिडित आसिराम लिई हस्तानतर गरिएको हो। विभिन्न क्षेत्रको सहयोगमा एक लाख ६० हजार दुई रुपैँयामा निर्माण गरि हस्तान्तरण गरिएको वडाअध्यक्ष डाङ्गीले जानकारी दिनुभयो । घर निर्माणमा गुर्भाकोट नगरपालिका, जिल्ला प्रशासन कार्यलय सुर्खेत, अनुग्रह चर्च मेहेलकुना , ईलाका बन कार्यलय घारी मेहेल्कुना लगायत विभिन्न व्यक्तिबाट सहयोग प्राप्त गरि घर निर्माण गर्न सफल भएको गुर्भाकोट नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष राम बहादुर डाँगीले जानकारी दिनु भयो।

वडाअध्यक्ष डाङ्गीले आसिरामको घरमा आगलागी भएदेखि नै उनको परिवारलाई खाद्यन्न, लत्ताकपडा र भाडाकुडा लगायत सहयोग जानकारी दिनु भयो। सोमबार जस्तापाता, काठ, ढुङ्गा र माटोबाट निर्मित नँया घर पाएपछि आसिराम परिवारले खुसि ब्यक्त गरेका छन्। आफ्नो बचन राखी पिडित आसिरामको घर निर्माणमा सहयोग गर्ने सम्पूर्णमा अध्यक्ष डाँगीले धन्यबाद ज्ञापन गर्नु भएको छ।
साथै उहाँले छोटो समयमै उक्त घर निर्माण सम्पन्न गर्न सफल भएको बताउदै आटे र गरे जुनसुकै काम पनि सफल हुने बताउनु भयो ।
