मैदान फाटेर बनेको प्वालमा खसेर १ जना बालिकाको मृत्यु


कास्की, पोखरा महानगरपालिकामा मैदान फाटेर बनेको प्वालमा खसेर १ जना बालिकाको मृत्यु भएको छ । पोखरा महानगरपालिका- ८ नागढुंगा बस्ने १२ वर्षीया स्मृति पराजुली शनिबार खेल्ने क्रममा उक्त प्वालमा खसेको जानकारी आएको सशस्त्र प्रहरीले जनाएको छ । पोखरा महानगरपालिका-१५ स्थित सिताराम हाउजिङ नजिकै रहेको खेल मैदान भासिएर बनेको प्वालमा बालिका स्मृती पराजुली खसेर अड्किएकी थिइन्।

उक्त घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट गोताखोरसहितको टोली खटिएको थियो । शसस्त्र प्रहरी टोलीका अनुसार दुई सय मिटर गहिराईबाट बालिकालाई निकालेका थिए । अचेत अवस्थामा रहेकी बालीकालाई पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। तर उनलाई अस्पताल पुर्‍याएलगत्तै डाक्टरले मृत घोषित गरेका प्रहरीले जनाएको छ।