कालिमाटी गाउँपालिका सल्यान, पहिलो चरणमा २८० जनालाई जस्तापाता वितरण गर्दै

सुर्खेत, बैशाख २ सल्यानको कालिमाटी गाउँपालिकाले पालिकाले खरका छाना हटाउने अभियान सुरु गरेको छ । पालिका लाई फुसको छानो मुक्त बनाउने अभियानलाई सफल बनाउने उदेश्यले जस्ता पाटा वितरण गर्न लागिएको हो । पहिलो चरणमा ७ वटा वडा भित्रका २८० जनालाई जस्तापाता वितरण गर्न लागिएको कालिमाटी गाउँ पालिकाका अध्यक्ष दान बहादुर खत्रीले जानकारी दिनु भयो । पहिलो चरणमा एउटा वडामा ४० घर परिवारलाई जस्तापाता वितरण गरिने र बाकि कहरको छाना भएका घर परिवारलाई यहि आर्थिक बर्ष भित्र जस्तापाता वितरण गरिने बताईएको छ ।

पालिका भित्र स्थायी रुपमा बसोबास गर्ने, अति बिपन्न, सरकारी जागिर नखाएको तथा बालबच्चा प्राईभेट स्कुलमा नपढाएको लगाएतका मापदण्डलाई आधारमानी जस्तापाता बितरण गरिने अध्यक्ष खत्रीले जानकारी दिनु भयो । ०७९ बैशाख सम्पन्न स्थानिय तहको निर्बाचनमा होमिदा ब्यक्त गरेका प्रतिबद्दता पुरा गर्न तर्फ आफुहरु अगाडी बढेको र निस्पक्ष रुपमा जस्तापाता बितरण गरिने अध्यक्ष खत्रीले जानकारी दिनु भयो । साथै सम्बन्धित वडाका वडा अध्यक्ष सँग समन्वय गरेर आफ्नो वडाको पालो परेको दिन पालिकामा अजस्तापाता लिन आउनु पनि उहाँले आग्रह गर्नु भएको छ ।