
ट्राफिक नियमको पालना गरी दुर्घटनाबाट बचाऔं र बचाै भन्ने मूल नाराका साथ आज नेपाल यातायात मजदुर संघ सुर्खेत ट्रक, टिप्पर, तथा ट्याक्टर ईकाई कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतले अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रम भब्यरुपमा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नेपाल यातायात मजदुर संघ राष्ट्रिय समितिका उपाध्यक्ष तथा प्रमुख अतिथी जय बहादुर बुढा, इकाइ अध्यक्ष दिलिप कुमार थापा मगरकाे सभापतित्वमा कार्यक्रम अायाेजना गरिएकाे थियाे । जसमा विशेष अथितिको रूपमा जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरिक्षक पसुराम चौधरी लाइ अामन्त्रण गरिएकाे थियाे । कार्यक्रममा मप ट्रक तथा ट्याक्टर समितीका अध्यक्ष चेतन कुमार थानी, हिमाल यातायात ब्यावसायी संघका अध्यक्ष खगेन्द्र शर्मा, नेपाल यातायात मजदुर संघ प्रदेश अध्यक्ष गणेश थापा, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापनबाट प्रहरी बरिष्ठ नायव निरिक्षक शिद्द गणेश शाह, जिल्ला ट्राफिकबाट प्रहरी बरिष्ठ नायव निरिक्षक खेम बिक्रम केसी, नेपाल यातायात मजदुर संघका जिल्ला अध्यक्ष इ.कुशल थापा, यातायात ब्यवस्था कार्यालयका प्रतिनिधी चित्र भट्टराइ लगाएत सवारी चालकहरुको पनि उपस्थिति रहेको थियो ।


कार्यक्रममा प्रहरी निरीक्षक चौधरी र सवारी चालक बीच अन्तरक्रिया पनि भएको थियो । उक्त कार्यक्रममा बोल्दै निरीक्षक परशुराम चौधरीले ट्राफिक नियमको पालना सबैले गर्नु पर्ने र सवारी चालकहरुलाई आफ्नो सम्पूर्ण कागजपत्र गाडीको अवस्था हेरेर मात्र सवारी चलाउन अनुरोध पनि गरेका थिए । राष्ट्रिय समितिका अध्यक्ष जयबहादुर बिसीले नयाँ वर्षको शुभकामना दिँदै सवारी चालकहरुलाई निकै कठिनाई रहेको बताएका छन् । कर्णाली प्रदेशमा सडकको अवस्था राम्रो नभएको कारण धेरै दुर्घटना हुनेगरेको र सवारी साधनमा चालकहरुलाई सचेत रहन अनुरोध समेत गरेका छन् । नियम विपरीत चलेको भन्दै सवारी चालकलाई बाटोमा अनावश्यक रुपमा जरिवाना असुल गर्ने गरेको भन्दै यो अवस्था सुधार गर्न आवश्यक रहेको बताए ।

सवारी दुर्घटनामा परी अपाङ्ग घाईते र मृतकको परिवारलाई नेपाल यातायात मजदुर संघ सुर्खेत ट्रक, टिप्पर, तथा ट्याक्टर ईकाई कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतले राहत स्वरूप, अपांग याम बहादुर सुनार, टेक बहादुर शाही, धिरेन्द्र कार्की लाइ जनही ५५५५ रूपैया नगद सहयाेग गरिएकाे थियाे । इकाइले मृतक गाेबिन्द शाही, कुमार पुरी, चेतन थापा, उमेश बि.क.लाइ जनही १०५५५ रूपैया आर्थिक सहयोग प्रदान गरिएको थियो । सवारी चालक हरुले सवारी चलाउँदा सडकमा ट्राफीक प्रहरी बाट विभिन्न समस्या भोग्नु परेको र समस्या समाधान गरिदिन निरिक्षक चौधरी लाई अनुरोध समेत गरेका थिए ।

कार्यक्रममा नेपाल यातायात मजदुर संघ सुर्खेत ट्रक, टिप्पर, तथा ट्याक्टर ईकाईका अध्यक्ष दिलिप कुमार थापा मगरले जिल्ला प्रहरी कार्यालयले अाफ्ना मजदुरहरू बिभिन्न समस्यामा परी थुनामा राख्नु पर्दा अन्य कैदीसंग राखिदा अप्ठेराे भएकाे भन्दै छुट्टै काेठाकाे ब्यवस्थापन गरिदिन अनुराेध गरेका थिए । यदी जिल्ला प्रहरी कार्यालयले ठाउ दिएमा मजदुरका लागि अाफै भवन बनाउन समेत तयार रहेकाे बताए । उनले कार्यक्रममा बाेल्दै मजदुरहरूकाे बिमा रकम एकदमै कम भएकाे भन्दै त्यसलाइ केही परिमाजर्न गरेर लैजानका लागि बिभिन्न यातायात ब्यावसायी र मजदुरहरूलाइ अाग्रह गरेका थिए । उनले चेकपाेइन्टहरू धेरै भएकाे र बिभिन्न स्थानमा इन्ट्री गराउनै धेरै समय लाग्ने भएकाेले एउटा जिल्लामा एउटा चेकपाेष्ट राख्दा उपयूक्त हुने सुझाव दिएका थिए । कर्णाली राजमार्गमा बिहान ५ बजे देखी साँझ ७ बजे सम्म मात्रै हिडने अनुमती भएकाेले ब्यावयास गर्न कठिन भएकाे भन्दै त्यस तर्फ समेत ध्यान दिन अाग्रह गरेका थिए ।

कार्यक्रममा बिभिन्न बक्ताहरूले एक अापसमा शुभकामना अादान प्रदान समेत गरेका थिए । साथै कार्यक्रममा उपस्थित भएका चालकहरूले प्रहरीले दिने भनेकाे मुस्कान सहितकाे सेवामा ध्यान दिन समेत अनुराेध गरेका थिए ।
कार्यक्रम संचालन तथा ब्यवस्थाप नेपाल यातायात मजदुर संघ सुर्खेत कर्णाली प्रदेशका सचिव रमेश रायमाझीले गरेका थिए ।






