सिराहामा ७४ वर्षीय तुलबहादुर आलेको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु


सिराहामा जङ्गली हात्तीको आक्रमणबाट ७४ वर्षीय तुलबहादुर आलेको मृत्यु भएको छ । गोलबजार नगरपालीका १ लडाडामा शुक्रवार राती नाच हेर्न गएको बेला हात्तीको आक्रमणबाट गोलबजार नगरपालिका ३ गोलामुक्सार गोलाका ७४ वर्षीय तुलबहादुर आले मगरको मृत्यु भएको हो । साथीहरूसँग नाच हेर्न गएको वेला गोलबजार नगरपालीका १ कै गुलरियामा एक्कासि हात्ती देखिएपछी अरु साथीहरू भागेको र तुलबहादुर भाग्न नसकेपछी हात्तीको आक्रमणमा परेको हुनसक्ने वडा नम्बर ३ का अध्यक्ष धनप्रसाद लामाले बताएका छन् ।

घटना लगतै पुगेका प्रहरी सहितले हात्ती धपाएको इलाका प्रहरी कार्यालयका प्रमुख इन्स्पेक्टर डुपेन्द्र प्रसाद बुढाथोकीले जानकारी दिए । अहिले हात्ती पूर्वतर्फ गएको भन्ने जानकारी पनी इन्स्पेक्टर बुढाथोकीले नै दिएका छन् ।हात्तीले पटक-पटक यस क्षेत्रमा मान्छेमाथी हमला गर्ने भएकाले यसलाई नियन्त्रण गर्न वन र राष्ट्रिय निकुञ्जसँग समन्वय गर्ने कार्य भइरहेको इन्पेक्टर डुपेन्द्र प्रसाद बुढाथोकीले बताएका छन् । गत फागुन २३ गते पनीे गोलबजार नपा ३ जमदह पुरानोडिहका २२ वर्षीय देव प्रसाद सदाको हात्तीकै आक्रमणबाट मृत्यु भएको थियो । शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पतालमा लगिएको छ ।