
नयाँ वर्ष मनाउन गएका रूपन्देही सिद्धार्थनगर वडा न. १ बेलहियका ३० बर्षिय भिसम जैसवालको पाल्पास्थित भुतखोलामा डुबेर मृत्यु भएको छ ।
दोभान प्रहरी चौकीका अनुसार मृतक जैसवाल साथिहरुसँगै घुमघामको क्रममा शुक्रबार बिहान पाल्पाको तिनाउ गाउँपालिका वडा नं ३ झुम्सास्थित भुतखोलामा पुगेका थिए । जैसवाल बिहान साढे १० बजेतिर ढुंगाबाट चिप्लिएर पोखरीमा खसेका थिए । उनलाई पोखरीमा खस्ने बितीकै उद्धार गरीएको थियो ।

उनलाई उपचारको क्रममा बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल ल्याउँदै गर्दा बाटोमा नेै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको बारेमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । सिद्धार्थ राजमार्गको छेउमा रहेको भुतखोलामा नुहाउने क्रममा हरेक बर्ष मानिसको मृत्यु हुने गरेकाे स्थानीयहरू बताउँछन् ।
