आजको मौसम : कर्णाली र सुदुरपश्चिम प्रदेशमा वर्षाको सम्भावना

बैशाख २, काठमाडौं । आज देशको पहाडी भू-भागमा आंशिकदेखि सामन्य बदली हुनेछ भनें देशका अन्य भू-भागमा आंशिक बदली हुने जल तथा मौसम विभागले जनाएको छ ।

कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केहि स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

मौसम विभागका अनुसार आज राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा अंशिक बदली हुने छ ।

कर्णाली, गण्डकी र सुदुरपश्चिम प्रदेशका केहि पहाडी भू-भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ ।