
झापामा सस्तोमा जग्गा दिने बहानामा ३२ लाख रुपैयाँ ठगी भएको छ । प्रहरीले सो कार्यमा संलग्न चार जनालाई पक्राउ गरेको छ ।
अर्जुनधारा नगरपालिका वडा नम्बर ११ स्थित बसपार्कमा दुई कठ्ठा जग्गा सस्तो दरमा बिक्रीमा रहेको भन्दै रकम लिएर भाग्ने कमल गाउँपालिका वडा नं ५ बस्ने बिजय राईसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।
राईको समूह मोरङका बिष्णुमाया सापकोटा सुबेदी र अनिल बिश्वकर्मालाई प्रभावमा पारेर बैना भन्दै ३२ लाख रुपैयाँ लिएर भागेको थियो ।

घटनाको उजुरी प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला प्रहरी कार्यालय इलाम समेतको टोलीले इलामस्थित पुरानो बसपार्कबाट उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट सताईस लाख पैसठ्ठी हजार रुपैयाँ समेत बरामद भएको प्रहरीले जनाएको छ । लोकान्तरबाट