हार्भेष्ट मुन सेकेन्डरी बोर्डिङ स्कुलको वार्षिक नतिजा प्रकाशन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

चैत्र ३०, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं ३ तातापानीस्थित हार्भेष्ट मुन सेकेन्डरी बोर्डिङ स्कुलले २०७९ को वार्षिक नतिजा प्रकाशन तथा उत्तीर्ण विद्यार्थीलाई पुरस्कार वितरण कार्यक्रम गरेको छ । नयाँ वर्ष २०८० को शुभ अवसरमा आयोजित कार्यक्रममा विद्यालयका संस्थापक तथा सल्लाहकार गणेशप्रसाद भट्टराईको अध्यक्षतामा राष्ट्रिय नेशनल प्याप्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष कमल सिंह प्रमुख अतिथिको रुपमा रहेका थिए ।

कार्यक्रममा विद्यालयका संस्थापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किरण भट्टराई, विद्यालय व्यवस्थापन समितिका सदस्य कुसुम भट्टराई, रमेश भट्टराई, शिक्षा यात्री तथा शैक्षिक अभियन्ता प्रसाद ज्ञवाली, विद्यालयका शिक्षक, अभिभावक, पत्रकार तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । विद्यालयका शिक्षिका लक्ष्मी भण्डारीले अतिथिहरुलाई अविर माला र खादाले स्वागत तथा सम्मान गरेकी थिइन् ।

कार्यक्रममा विद्यालयले नयाँ वर्षको शुभकामना दिँदै वार्षिक नतिजा सार्वजनिक गरेपछि उत्कृष्ट तीन विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।शिक्षा यात्री एवं शैक्षिक अभियान्ता क्षेत्र प्रसाद ज्ञावलीले अभिभावकको सकारात्मक प्रभावको महत्वलाई जोड दिँदै असल बालबालिकालाई कसरी हुर्काउने भन्ने विषयमा अभिभावकहरुलाई प्रक्षिरण प्रदान गरेका थिए ।

प्रमुख अतिथि कमल सिंहले आफ्नो सम्बोधनमा प्रसाद ज्ञवालीले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै शैक्षिक अभियानकर्ता र शिक्षा यात्रीका रुपमा उहाँको कार्यलाई प्रकाश पारे । विद्यालयका सहायक प्रधानाध्यापक कुसुम भट्टराईले विद्यालयको स्रोत साधन र दक्ष व्यक्ति उत्पादन गर्ने क्षमताको प्रशंसा गर्दै विद्यालयले राष्ट्रिय विकासमा पनि महत्वपूर्ण भूमिका खेलेको बताए ।

कार्यक्रममा शैक्षिक कार्यक्रमका अतिरिक्त विभिन्न कक्षाका विद्यार्थीहरुद्वारा शिक्षासँग सम्बन्धित नृत्य, नाटक र गीतहरु प्रस्तुत गरिएको थियो । कार्यक्रमको संचालन मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्राचार्य तथा हार्वेस्ट मुनका वरिष्ठ शिक्षक टीकाप्रसाद पाखरेलले गरेका थिए ।

तस्वीरहरू :