कार दुर्घटनामा परी चार भारतीय नागरिकको मृत्यु


कार दुर्घटनामा परी ४ जना भारतीय नागरिकको मृत्यु भएको छ । कमलामाई नगरपालिका वडा नं ३ सिन्धुलीगढी गेट नजिक मंगलबार राती साढे १२ बजे कार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनास्थलमै ३ जनाको मृत्यु भएकाे र १ जनाको सिन्धुली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी कार्यलयले जनाएको छ । एकजना घाईते भएकाे प्रहरीले जनाएकाे छ । घाइतेको सिन्धुली अस्पतालमा उपचार गरि थप उपचारका लागि धुलिखेल अस्पतालमा पठाईएको छ ।

विपी राजमार्ग हुदै काठमान्डौ जाँदै गरेको (BR06DD0687) नम्बरको कार सडकबाट ५ सय मिटर तल झरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरञ्जिवी दाहालले बताएका छन् । उनका अनुसार घटनास्थलमा प्रहरी मुजुल्का गरी शवकाे पहिचान गर्ने तयारी भईरहेको प्रहरीले बताएकाे छ ।