
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले श्रमदानमा सहभागी हुन आग्रह गर्दै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र पठाएका छन् ।

मंगलबार सामाजिक सञ्जालमा राष्ट्रपतिलाई लेखेको पत्र सार्वजनिक गर्दै उनले श्रमदानको अवलोकन र सहभागिताको लागि राष्ट्रपति र प्रधानमन्त्रीलाई आग्रह गरिएको जानकारी दिएका हुन् ।
धरान उपमहानगरपालिकालाई पूर्वाधारयुक्त सुन्दर सहर बनाउने अभियानमा उच्चपदस्थ अधिकारीहरूले पनि साथ दिनुपर्नेमा उनको जोड रहेको छ।


