
काठमान्डौमा हुने बाल कल्याण सम्मेलनका लागि कर्णाली प्रदेशबाट होराईजन एकेडेमीका सौगात आचार्य छनौट भएका छन् । consortium nepal को आयोजनामा काठमान्डौमा हुन गैरहेको उक्त सम्मेलनका लागि कक्षा १० मा अध्ययनरत आर्चाय छनौट भएका हुन ।

सम्मेलन २०८० बैशाख २ गते देखी ४ गते सम्म हुने आयोजकले जनाएको छ । काठमान्डौको सम्मेलन बाटपनी उत्कृष्ट बिद्ययार्थीहरुलाई छनौट गरी जेनेभा लैजाने र उक्त बिद्ययार्थीले जेनेभामा बाल कल्याण सम्बन्धी प्रतिवेदन पेश गर्ने छन् । यो प्रकृया हरेक ५ बर्षमा एक पटक हुने आयोजकले जनाएको छ ।